Sajhamanch Archive

एकल नृत्य प्रतियोगितामा प्रथम भए अभिशेखर

Published: (Updated: ) in टिप्स/जानकारी by .

भद्रपुर । झापामा पहिलो पटक अनलाइन मार्फत एकल नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । ओरियन मार्ट झापाको आयोजना तथा एम जे नृत्य स्टुडियोको सहआयोजनामा जिल्ला स्तरीय नृत्य सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने क्रमश अभिशेखर खतिवडा, रेमन गुरुङ्ग र रमान जोगीलाई ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

अनलाइनमार्फत सञ्चालनमा ल्याइएको नृत्यमा २९ जनाले सहभागिता जनाएका थिए । भदौ १ देखि मसान्तसम्म सञ्चालनमा आएको नृत्य प्रतियोगितामा बालबालिकादेखि युवा युवतीले समेत सहभागिता जनाएको निर्णयकर्ता सुरज मगरले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला नृत्य कलाकार सङ्घका अध्यक्ष एलसी श्रेष्ठ, एमरेल्ड एकाडेमीका प्राचार्य इन्द्र खतिवडाले नृत्य गर्ने कलाकारलाई समाजमा हेर्ने दृष्किोण पछिल्लो समय सकरात्मक हुदै आएको बताए । अध्ययनसँगै अन्य विधामा ज्ञान हासिल गर्नु पर्नेमा जोड दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *