Sajhamanch Archive

चन्द्रगढी दोस्रो खानेपानीद्वारा दर्जनौ व्यक्तिहरु सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुरले आफ्नो पाँचौ वार्षिक साधारण सभाको अवसरमा दर्जनौ व्यक्तिहरुलाई सम्मान गरेको छ ।

भद्रपुर ९ मा अवस्थित मुना सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको साधारण सभामा संस्था स्थापाना गर्न महत्वपूर्ण भुमिका खेल्ने संस्थापक सदस्यहरु जग्गा दाता लगायतलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा चेदानन्द पोखरेल ,नन्दलाल भट्टराई, सुशिला पौडेल, रामवहादुर थापा, चुडामणि मैनाली, वद्री उप्रेती, श्रृजना पराजुली लगायत रहेका छन् ।

समितिका अध्यक्ष विष्णु प्रसाद शिवाकाटीको सभापतित्व तथा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न साधारण सभामा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेल, प्रकाश कृषि सहकारी संस्थाका अध्यक्ष चुडामणि मैनाली, चन्द्रगढी एकता मुल कृषि सहकारीका भगिरथ नेपाल, सम्मानित व्याक्तित्व चेदानन्द पोखरेल, केदारेश्वर शिव पाञ्चायान मन्दिरका राजेन्द्र रिजाल, पुँहातु जन ज्योति माविका प्र.अ शिवराम लुईटेल, नेपाली कांग्रेसका गोपाल श्रेष्ठ, नेकपाका ध्रुब कार्की लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *