Sajhamanch Archive

डेंगो रोग सम्बन्धि सरोकारवालासँग अन्तरक्रिया

Published: (Updated: ) in स्वास्थ्य by .

कमल । कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एक दिने डेंगोरोग रोगथाम तथा नियन्त्रण सम्वन्धि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

डेंगो रोगका कारण मानिसमा विभिन्न प्रकारका रोग लाग्ने भएकोले त्यसबाट बच्ने उपायका साथै लामखुट्टेबाट बच्ने उपायका बारेका अन्तरकृया कार्यक्रम भएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, स्वस्थ्यकर्मी, समाजिक संघ संस्थका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि लगायत ६० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर अधिकृत जिवन चौलागाईले डेंगोरोग रोगथाम तथा नियन्त्रणका बारेमा सहजीकरण गरेका थिए ।
कमल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले कार्यक्रमको औचित्यमाथि प्रकास पारेका थिए भने तुलसी काफ्लेको सञ्चालन रहेको थियो । थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *