Sajhamanch Archive

अन्डर टुवान्टीको उपाधि पुरुषतर्फ विराटनगर र महिलातर्फ धुलाबारीको पोल्टामा

Published: (Updated: ) in खेलकुद by .

कमल । झापाको कमल गाउँपालिका ४ स्थित जागरण वाल क्लवको आयोजनामा सन्चालित अन्डर टुवान्टीको महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७५ को पुरुषतर्फको उपाधि मोरङ्गको कोशी मल्टिपल कलेज विराटनगरले हात पारेको छ । त्यस्तै महिलातर्फको उपाधि झापाको धुलाबारी माध्यमिक विद्यालयले कब्जा गरेको छ ।
त्यसैगरी प्रतियोगिताको द्वितीय स्थानमा पुरुषतर्फ झापाको क्यामब्रिज बोडिङ्ग स्कुल दुधे र महिलातर्फ मोरङ्गको महेन्द्र रत्न माध्यमिक विद्यालयले लेटाङ्गले जितेको छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई नगद १५ हजार नगद, ट्रफि मेडल तथा महिलातर्फ प्रथम हुनेलाई नगद १० हजार नगद, ट्रफि मेडल प्राप्त गरेका छन् । पुरुष द्वितीय हुने टिमलाई नगद ९ हजार, ट्रफि मेडल तथा महिलातर्फ द्वितीय हुने टिमलाई नगद ६ हजार, ट्रफि मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी र ईलाम जिल्लाका सस्थागत विद्यालयहरु अन्तरगत महिला तर्फ १० टिम र पुरुष तर्फ २४ गरी जम्मा ३४ टिम सहभागी रहेको आयोजक वाल क्लवका सचिव सुमन मगरले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *