Sajhamanch Archive

एनएमसीद्वारा ५२९ ज्येष्ठ सदस्य सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

झापा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा आउँदै गरेको नेपालीहरुको महान चाड विजयदशमीको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्ना ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । संस्थाले विगत वर्षमा झैँ यस वर्ष पनि ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको हो ।

जिल्लाभर रहेका संस्थाका सबै सेवाकेन्द्रहरुमा सोमबार एकै समयमा संस्थाले एकसय ४३ जना महिलासहित ५ सय २९ जना ज्येष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । ज्येष्ठ सदस्यलाई नगदसहित अविर, खादाले सम्मान गरिएको थियो । आफ्ना ज्येष्ठ नागरिक सदस्यलाई संस्थाले प्रत्येक वर्ष चाडपर्व अघि नगद २ हजार रुपियाँ नगदसहित सम्मान गर्दै आएकोछ ।

यसरी संस्थाले यसपटक मात्र १० लाख ५८ हजार रुपियाँ ज्येष्ठ नागरिक सम्मानमा खर्च गरेको थियो । काँकरभिट्टास्थित प्रधान कार्यालयमा सम्पन्न सम्मान कार्यव्रmममा बोल्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले ज्येष्ठ सदस्यका लागि संस्थाको लक्षित ज्येष्ठ नागरिक आवास कार्यव्रmमलाई तीव्रता दिइरहेको जानकारी दिए । उनले ज्येष्ठ नागरिकका सुख दुःखको साथीको रुपमा एनएमसीले आफ्नो संस्कारको विकास गरेको बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले एनएमसीले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेको प्रयासको प्रशंसा गरेका थिए । ७० वर्ष उमेर नाघेका, न्यूनतम ५ हजार रुपैयाँ बराबरको सेयर सदस्य बनेका तथा संस्थाको सदस्य बनेको तीनवर्ष अवधि पूरा गरेका सदस्यलाई संस्थाले हरेक वर्ष सम्मान गर्दै आएको छ ।

सम्मानित हुनेहरुमा एनएमसी काँकरभिट्टा कार्यालयबाट ९३ जना, बिर्तामोडबाट ३२, चन्द्रगढीबाट ४३, सुरुङ्गाबाट ५४, चारआलीबाट ७०, बनियानीबाट २०, बुधबारेबाट ५१, धुलाबारीबाट ११, शनिश्चरेबाट ३४, बाहुनडाँगीबाट २२, इँटाभट्टाबाट २५, शरणामतीबाट २६, भद्रपुरबाट १९, दुधेबाट २३ र गोलधाप कार्यालयबाट ३ जना रहेका छन् ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष, उपाध्यक्ष, सदस्यलगायत संस्था अन्तर्गतका विभिन्न विषयगत समितिका सदस्यलगायतको उपस्थिति रहेको थियो । संस्था अन्तर्गत ज्येष्ठ नागरिक सरोकार समितिको संयोजनमा भएको कार्यक्रम सम्बन्धित कार्यालयमा सम्पन्न भएको थियो ।

बौद्धमोडमा एनएमसीको ३० औँ कार्यालय उद्घाटन

यसैगरी एनएमसीले ३० औँ कार्यालयको रुपमा मेचीनगर–२ स्थित बौद्धमोडमा सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । संस्थाले जिल्लाभर आफ्ना सेवाकेन्द्रको विस्तारलाई तीव्रता दिँदै आएसँगै बौद्धमोडमा सम्पर्क कार्यालयको स्थापना गरेको हो ।

सोमबार उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले गाउँगाउँमा सेवा विस्तारका लागि सम्पर्क कार्यालयको स्थापना गरेको बताए । एनएमसी बाहुनडाँगी कार्यालयगत समिति संयोजक यामप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बाहुनडाँगी कार्यालयका कार्यालय प्रमुख पुष्प ढुंगानाले गरेका थिए । एकसयभन्दा बढी सदस्यको सहभागिता रहेको उद्घाटन कार्यव्रmममा एनएमसी बाहुनडाँगी कार्यालयगत समिति सदस्य तुलसा दाहालले स्वागत गरेकी थिइन् ।

उद्घाटनका अवसरमा एक महिनाका लागि बौद्धमोड सम्पर्क कार्यालयमा सदस्य बन्नका लागि प्रवेश निःशुल्क गरिएको एनएमसी बौद्धमोड सम्पर्क कार्यालयकी कार्यालय प्रमुख मीना मगरले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *