Sajhamanch Archive

चिनीमा १ अर्ब ६९ करोडको चलखेल ! सांसद भन्छन्– उद्योगीले सरकारलाई ‘चुना’ लगाए

Published: in मिडियाबाट साभार by .

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिणामात्मक बन्देज लगाएको आरोप लगाएका छन् ।

सोमबारको समिति बैठकमा उनीहरुले यो बन्देजमा ठूलो घोटाला भएको जनाउँदै तत्काल छानबिनको माग गरेका हुन् । वार्षिक एक लाख मेट्रिक टनमात्र आयात गर्न पाउने गरी सरकारले परिणामात्मक बन्देज लगाएको छ ।

‘सरकारले चिनी आयातको भन्सार बढाएर ३० प्रतिशत पुर्‍याउँदा पनि किसानले उखुको भुक्तानी पाएनन्, न त सरकारले अनुगमन नै गर्‍यो, पूर्वआपूर्तिमन्त्री समेत रहेका नेकपाका नेता लेखराज भट्टले भने, ‘चिनीमा ठूलो आर्थिक चलखेलकै कारण आयात रोकिएको छ ।’

आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको सुन्नमा आएको उनले बताए ।

लेखा समितिका पूर्वसभापति हृदयेश त्रिपाठीले उद्योगीले सरकारलाई ‘चुना’ लगाए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहेर बसेको आरोप लगाए । ‘किसानलाई वर्षौंदेखि चुना लगाएका थिए, लाचार देखेर यस वर्ष सरकारलाई पनि चुना लगाए,’ उनले भने, ‘चिनीको एकाधिकार एकैठाउँमा सीमित गराए ।’

-कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *