Sajhamanch Archive

एनएमसी बिर्तामोडमा सदस्य शिक्षा तालिम

Published: (Updated: ) in सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले मंगलबार बिर्तामोड क्षेत्रका शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ ।

बिर्तामोड कार्यलयका प्रमुख पारसचन्द्र भट्टराईले सदस्यहरुलाई विभिन्न नयाँ बचत योजनाहरु, कर्जा कारोबारका विभिन्न क्षेत्रहरु, युवा तथा महिला रोजगार एवम स्वरोजगार कार्यक्रमहरुका बारेमा प्रशिक्षण दिएका छन् ।

सदस्य शिक्षा तालिम कार्यक्रममा एनएमसीले सुरु गरेका नयाँ योजनाहरुले समाज र मानिसको व्यवहारमा उत्कृष्ट योगदान गरेको तालिम कार्यक्रममा चर्चा गरिएको थियो ।

प्रशिक्षक राजकुमार कट्टेलले एनएमसीले सञ्चालन गरेको मोवाइल बैकिङ सेबा, विजुलीको बिल, डिसहोमको रिचार्ज आदि सेवा संस्थाले सञ्चालन गरिरहेको तथा एसएमएस मार्फत आफूले संस्थामा गरेको आर्थिक कारोवारको विवरण तत्कालै प्राप्त हुँदा सुरक्षित महसुस गर्न थालिएको बताए ।

सदस्य शिक्षा कार्यक्रमका सहभागीका विभिन्न जिज्ञासा मेटाउँदै सदस्यको जीवनचक्रमा एनएनसीको योगदान विषयमा कट्टेलले छलफल गरेका थिए ।
संस्थाले उत्कृष्ट प्रतिभाको सम्मान गर्ने, उत्कृष्ट सञ्चार गृह छनोट गरी पुरस्कृत गर्ने, संस्थाका ज्येष्ठ सदस्यहरुलाई सम्मान, उत्कृष्ट कृषक छनोट गरी पुरस्कृत गर्ने, उत्कृष्ट सदस्यको सम्मान गर्नेजस्ता कार्यले एनएमसीको पहिचानलाई फराकिलो बनाएको प्रशिक्षक कट्टेलले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बिर्तामोड कार्यालयगत समितिका सदस्य शान्ता रोक्काले संस्था २५ वर्षको भएकाले यो वर्ष रजत वर्ष स्तम्भ निर्माण गर्ने, ज्येष्ठ नागरिक आवास गृह निर्माण गर्ने, उपभोक्ता भण्डार सञ्चालन गर्ने, नमूना कृषि परियोजनाको निर्माणको थालनी गर्ने जस्ता रचनात्मक अभियान चलाउँदै गरेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *