Sajhamanch Archive

मेचीनगरले गर्यो बजार अनुगमन

Published: in स्थानीय तह by .

मेचीनगर । मेचीनगरका विभिन्न पसलमा लामो समयदेखि खानयोग्य मिति गुज्रिएका खाद्यवस्तु विक्रीका लागि राखिएको फेला परेको छ ।

मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको नेतृत्वमा खाद्य निरीक्षकसहितको टोलीले मंगलबार नगरका मुख्यः बजार काँकरभिट्टा र इटाभट्टाको अनुगमन गर्ने क्रममा त्यस्ता वस्तु फेला पारेको थियो ।

अनुगमन टोलीले काँकरभिट्टाका आठ तथा इटाभट्टाका दुईगरी १० वटा किराना पसलको अनुगमन गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । सरकारले आयतमा प्रतिवन्ध लगाएका भारतीय गुणस्तरहिन अखाद्य वस्तु समेत नगरका व्यवसायीले विक्री गर्ने गरेको अनुगमनका क्रममा टोलीले फेला पारेको थियो । ती सवै वस्तु टोलीले नियन्त्रणमा लिइएको छ ।

नेपालमा प्रतिवन्धित ड्राईगन, दो फुललगायत नामै नसुनेका भारतीय आयल कम्पनिद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्य वस्तु टोलीले जफत गरेको छ । ती सवै वस्तु विभिन्न प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिने नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा टोलीले अधिकांश व्यवसायीले व्यवसाय सञ्चालनका लागि सम्बन्धित कार्यालयबाट लिनुपर्ने इजाजत पत्र नलिएको, लिए पनि नविकरण नगरेको, मुल्य सूची नराखेको, नेपाल सरकारले तोकेका सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, स्वास्थ्य संस्था, विमान स्थल, सार्वजनिक सवारी साधन, बाल गृह, बृद्धा आश्रम, उद्योग तथा कलकारखाना, चलचित्र घर, साँस्कृति केन्द्र, शारीरिक व्यायमशाला, धर्मशाला, पौडी पोखरी , पुल हाउस, डिर्पाटमेण्ट स्टोर, धार्मिक स्थल, मिनी मार्केट, होटल रिसोर्ट चमेना गृह, सार्वजनिक प्रतिक्षालय, टिकट काउण्टरजस्ता सार्वजनिक स्थलको कम्तिमा सय मिटरभित्रको घर, पसलबाट धुमपान तथा विक्री वितरण गर्न निषेध गरेको भएपनि सो नपाइएको टोलीमा मेचीनगर नगरपालिका खाद्य विश्ेषक दीपेन्द्र कार्कीले बताए ।

अनुगमन टोलीमा खाद्य प्रयोगशाला काँकरभिट्टाका खाद्य निरीक्षक दिनेश ढुंगाना, झापा जिल्ला उपभोक्ता मञ्चका सन्तोष न्यौपाने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक अमतलाल माझी, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जिव प्रसाईलगायतको सहभागीता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *