Sajhamanch Archive

चाडपर्वमा इनधन अभाव नहुनेः सचिव भण्डारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । बेला बेला इन्धन अभावको समस्याले झस्किएका आम नेपालीमा चाडपर्वको समयमा इन्धन संकट हुने हो कि भन्ने आशंका भइरहेका बेला नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनले इनधन अभाव नहुने जनाएको छ ।

नेपाल नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसन केन्द्रिय सचिव लयप्रसाद भण्डारीले कुनैपनि हालतमा इन्धन संकट नहुने बताएका छन् ।

चाडपर्वका बेला इन्धन संकट हुने हो कि भन्ने आशंका छ भने आम उपभोक्ता ढुक्क हुनुहोस् इन्धन संकट हुँदैन’ सचिव भण्डारीले भने ‘भारतबाट सहजरुपमा ट्यांकरहरु लोडिङ भएर आइरहेका छन्, आयातमा सहजता छ ।’

उनले सबै पम्पहरु सहज आपूर्तिका लागि तयारी अवस्थामा रहेको हुँदा चाडपर्वमा सहज रुपमा इन्धन लिन सकिने बताएका छन् । चाडपर्वका बेला इन्धन बढी खपत हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *