Sajhamanch Archive

नारी सञ्चार गृहको साधारणसभा सम्पन्न

Published: (Updated: ) in विविधा by .

विर्तामोड । नारी सञ्चार गृह झापाको छैठौं साधारणसभा मंगलबार विर्तामोडमा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अध्यक्ष सापकोटाले अब सञ्चारमाध्यममा टिकिरहन प्रविधिसँग खेल्नुपर्ने र प्रत्येक सञ्चारकर्मीले क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा फोनिजका १ नं प्रदेश संयोजक दिपिन राई, नारी सञ्चार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल, सल्लाहकारद्वय इन्दु पूर्वेली, लीला अनमोल, लगायतले शुभकामना मन्तब्य राख्दै देवयानी संहिताका कारण संकुचित बनेको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको प्रावधान सच्याउन सरकारलाई दवाव दिन मिसन पत्रकारिताको आवश्यकता रहेको बताए ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रेजिना गौतमले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुशिला संग्रौलाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । उपाध्यक्ष भिमा शिवाकोटीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

गृहले स्थापना गर्न लागेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा अध्यक्ष भण्डारीले १० हजार रुपैयाँ प्रदान गरेर विधिवत रुपमा अक्षयकोष सञ्चालन भएको साधारणसभामा घोषणा गरेकी थिइन् ।

उनले संस्थाकी उपाध्यक्ष तथा कोष बृद्धिकी संयोजक भीमा शिवाकोटी र कोषाध्यक्ष शुसीला संग्रौलालाई १० हजार रुपैयाँको कार्यक्रमै चेक हस्तान्तरण गरेकी थिइन् ।

भण्डारीले सुरु गरेको अक्षयकोषमा संस्थाको तर्फबाट १ लाख र दाताहरुबाटै प्राप्त १६ हजार ५ सय गरी १ लाख २६ हजार ५ सय रुपैया जम्मा भएको साधारणसभामा सचिव गौतमले जानकारी गराएकी थिइन् ।

संस्थाले सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान र उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागि सो अक्षयकोष स्थापना गरेको हो ।

संस्थाले पाँच बर्षभित्रमा २५ लाख रुपैयाँ अक्षयाकोषमा जम्मा गर्ने गरी स्थापना गरेको कोष बृद्धिका लागि स्थानीय तह, र विभिन्न दाताहरुसँग सहयोगका लिने उद्देश्य राखेको छ ।

नारी सञ्चार गृह २०६९ सालमा स्थापना भएको संस्था हो । यसले पत्रकारहरुको क्षमता अघिवृद्धिसँगै समाज रुपान्तरणमा विभिन्न कार्यक्रममार्फत योगदान पुर्याउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *