Sajhamanch Archive

साइनो साकोसद्वारा पत्रकार ल्वागुन सम्मानित

Published: (Updated: ) in सहकारी by .

दूधे । झापाको शिवसताक्षी–८ झिलझिलेको साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकारसहित संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई पुरस्कृत गरेको छ ।

मंगलबार झिलझिलेमा चौथो बार्षिक साधरणसभाको अवसरमा पत्रकार गोविन ल्वागुनसहित संस्थाका सदस्यलाई सम्मान गरेको हो ।

पत्रकार ल्वागुनलाई नगदसहित ढाका टोपी, प्रमाणपत्र प्रदान गरिएको थियो । हिमशिखर टेलिभिजनमा कार्यरत ल्वागुनलाई शिबसताक्षी नगरको स्थानीय गतिविधिहरु र सहकारी संस्थाको गतिविधिहरुलाई सञ्चारमाध्यमसम्म पु¥याउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले पुरस्कृत गरेको हो ।

कार्यक्रममा बालबचततर्फ रोजन श्रेष्ठ, सम्भव घिमिरे र लुना गुरुङ पुरस्कृत भएका छन्। त्यस्तै लक्ष्मी विश्वकर्मा, अजय उप्रेती र रोजिना सेनिहाङलाई पनि पुरस्कृत गरिएको थियो । उनीहरुलाई संस्थाको तर्फबाट बिद्यालय व्याग प्रदान गरिएको थियो । यसैगरी, उत्कृष्ट बचतकर्तमा शिबसताक्षी–७ धनबहादुर राई र कारोवारतर्फ इलाम चुलाचुली गाउँपालिका वडा नं १ का टेकबहादुर राईलाई प्रमाण पत्रसहित एक–एक थान स्टेण्ड फेन प्रदान गरिएको थियो ।

संस्थाले आफ्नो शेयर सदस्य परिवारमा शैक्षिक प्रोत्साहनको निम्ति यसै बर्षदेखी सञ्चालन गरेको प्लस टु उत्तीर्ण बिद्यार्थीहरुलाई नगद १५ सयसहित एक–एक थान डायरी प्रदान गरेको छ ।

साधरणसभामा अध्यक्ष मेन्याङ्बो गत आर्थिक बर्ष २०७४।०७५ प्रगति प्रतिवेदन र चालु आर्थिक बर्ष २०७५।०७६ का भावी नीति र योजनासहितको प्रतिवेदन पेश गरेका थिए ।

५ सय १६ जना शेयर सदस्य रहेको सो संस्थाको हालसम्म शेयर पूंजी रु ६३ लाख ४९ हजार ४ सय पुगेको छ भने रु ३ करोड ५० लाख ४२ हजार १ सय ४३ रुपैया कुल कारोबार गरेको संस्थाका अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, कार्यक्रममा चौतारी बचत तथा ऋण सहकारी संस्थाका भुवन श्रेष्ठ, पत्रकार टीकाराम उप्रेती, संस्थाका उपाध्यक्ष बिशाल शेर्मा, कोषाध्यक्ष हरिशंकर सिलवाल, सल्लाहकार सदस्य योगेन लावती ,पूर्व लेखा संयोजक पेमा तामाङ, संस्थाकी कार्यवहाक व्यवस्थापक दिलकुमारी मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य एबम् शिबसताक्षी–७ का वडाध्यक्ष नविन इजम, शिबसताक्षी–८ का वडाध्यक्ष केहरसिहं बस्नेत र पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले शुभकमना मन्तव्य राखेको थिए ।
कार्यक्रम लेखा समिति संयोजक अनिलदेव राईले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *