Sajhamanch Archive

लक्ष्मीको तस्बिरको यस्तो छ भित्री रहस्य

Published: in टिप्स/जानकारी by .

काठमाडौं ।  यतिबेला सामाजिक सञ्जालमा गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर भाइरल भएको छ । तस्बिरका कारणले उनले निकै आलोचना खेप्नु परिरहेको छ ।  शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ ।

पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको छ । यस्तो बेला उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारण सामाजिक सञ्जालमा सर्वसाधारणले राखिरहेका छन् ।

तस्बिर खिच्ने, प्रकाशन गर्ने र खिचाउने सबै गलत भन्दै उनीहरुमाथि कारबाही गर्नुपर्ने समेतको विचार समेत सामाजिक सञ्जालमा सर्वसाधारणले  पोखिरहेका छन् ।

कहिले छापियो तस्बिर ?

अहिले सामाजिक सञ्जालमा यो तस्बिर हालै प्रकाशित भए जसरी प्रचार गरिएको छ । तर, गायिका आचार्यको भाइरल तस्बिर २०७४ असोज २७ गते बिहिबार प्रकाशित शुक्रबार साप्ताहिमा छापिएको हो ।

शुक्रबार सुन्दरीको रुपमा ब्लोअप पेजमा सहायक तस्बिरको रुपमा यो छापिएको छ । ब्लोअपको मेन तस्बिरको रुपमा अर्कै तस्बिर छापिएको छ । मुख्य ब्लोअपमा बक्षस्थलमा ओम लेखिएको ट्याुट भएको तस्बिर छापिएको छ । तस्बिर रमेश दुवालले खिचेका हुन् ।

तस्बिरमा के छ ?
भाइरल तस्बिरमा आचार्य न्यूड देखिएकी छन् । कुकुर काखमा राखेर मोडलिङ शैलीमा खिचिएको तस्बिरमा गोप्य अंग उक्त कुकुरले छोपिएको छ ।

के भन्छिन् लक्ष्मी 
आफ्नो तस्बिरलाई अहिले गलत तरिकाले प्रचार गरिएको आचार्य बताउँछिन् । शुक्रबार साप्ताहिकले बदनियतपूर्ण तरिकाले आफ्नो तस्बिर सम्पादन गरी छापेर पत्रिका चलाउन खोजेको समेत उनको आरोप रहेको छ ।

पत्रिकाले सो तस्बिर नसोधी छापेको दाबी गर्दै उनले चर्चाको लागि आफूलाई दुरुपयोग गरेको बताइन् ।   शुक्रबारमा यस्तो प्रकृतिको तस्बिर आएको कुरा आफूलाई धेरैपछि मात्रै जानकारी भएको उनको भनाई रहेको छ ।

सोही तस्बिर अहिले भाइरल भएपछि आफूलाई तनाव बढेको उनले रातोपाटीसँग बताइन् । ‘तस्बिरका कारण देश विदेशबाट फोनहरु आइरहेका छन् । राम्रा नराम्रा कुराको सामाना गर्नु परिरहेको छ’ उनले भनिन् ‘निकै लामो संघर्ष र मेहनतले कलाकारितामा बनाएको नाम यसले धमिल्याउन सक्छ ।’

‘ठूलो संर्घष र त्यागका साथ कलाकारितामा म खुट्टा अड्याउन सफल भएकी हुँ’ उनले थपिन् । आचार्यको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमामा बलात्कारको विभिन्न घटनासँग पनि जोडेर चर्चा भइरहेका छन् । यसले आफूलाई निकै दुःख पुगेको र शनिबार दिनभर रोएको उनले बताइन् ।

विगत दुई महिनादेखि घरको कामले गर्दा आफू सामाजिक सञ्जालबाट बाहिर रहेको बताउँदै उनले जानकारीबिनै छापिएको पुरानो तस्बिरलाई अहिले विवादको विषय नबनाउन आग्रह गरिन् ।

यो नियोजित हो 

केपी ढुङ्गाना, सम्पादक, शुक्रबार साप्ताहिक

यो भर्खर छापेर बजारमा आएको अङ्कमा पनि होइन । भर्खर छापिएको र गायिकाको कुरा आएको भए अर्कै कुरो हुन्थ्यो । २०७४ असोज २७ गते प्रकाशित भएको अङ्कमा उक्त तस्बिर ब्लोअपको रूपमा छापिएको हो । यो तस्बिर अहिले किन, के कारणले बाहिर ल्याइयो ।

हामीले तस्बिर रमेश दुवाल भन्ने फोटोग्राफरसँग लिएका हौँ । लक्ष्मीजीले रमेशजीसँग के सहमती गरेर तस्बिर खिचाउनु भयो । त्यो तस्बिर खिचाउने र खिच्ने दुईबीचको कुरो हो । हामी कहिले काहीँ आउट सोर्सिङ पनि गर्दछौँ । यो क्रममा हामीले बाहिरका कुनै फोटोग्राफरले तस्बिर खिचेको छ र हामीलाई चित्त बुझ्यो भने आपसी सहमतीमा पारिश्रमिक दिएर छाप्ने गर्दछौँ ।

यो तस्बिर छाप्न अनुमती भएको नभएको हामीलाई भन्दा पनि फोटोग्राफर रमेशजीलाई नै थाहा होला । हामीले तस्बिर हेर्ने हो । तस्बिर हेर्दा जबर्जस्ती खिचिएको जस्तो देखिँदैन । सहमतीमै तस्बिर खिचेको देखिन्छ । यदि लक्ष्मीजीलाई तस्बिर छापिएप्रति धेरै आपत्ति भए त्यही मितिमा कम्प्लेन गर्नुपथ्र्यो । हामीलाई केही भन्नुपथ्र्याे ।

अहिलेसम्म उहाँले तस्बिरको बारेमा हामीलाई आधिकारिक धारणा राख्नु भएको छैन । रातोपाटी पढेर हामीले उहाँको भनाइ थाहा पाएका हौँ । पत्रकारिताको पनि एउटा नेचर हुन्छ । शुक्रबार ट्याबलोइड हो ।

यो हुँदैमा अश्लीलता फैल्याउनुपर्छ भन्ने हुँदैन । तर हामी ग्ल्यामर पत्रकारिता पनि गर्दछौँ । ग्ल्यामर के हो र भल्गर के हो भन्ने विश्वव्यापी बहस भइरहेको कुरो हो ।

कोहीलाई ग्ल्यामर लागेको कुरा कसैकसैलाई  भल्गर पनि लाग्न सक्छ । हामी पत्रकारिताको मर्यादा र क्षेत्रमा बसेर पत्रकारिता गर्ने गर्दछौँ । एक वर्ष पछि तस्बिरको जुन खालको चर्चा गर्ने काम भइरहेको छ, हामीलाई यो नियोजित हो जस्तो लाग्छ  ।
को हुन् आचार्य  ?
लक्ष्मी आचार्य लामो समयदेखि गायन क्षेत्रमा क्रियाशील गायिका हुन् । लोकगीतबाट गायन सुरु गरेकी उनले पछिल्लो समय लोक, आधुनिकको अलवा तीज गीत समेत सार्वजनिक गर्दै आएकी छन् । धनगढी घर भई हाल काठमाडौं बस्दै आएकी लक्ष्मीका दर्जन बढी गीतहरु बजारमा आएका छन् ।

तीमध्ये केही गीतका म्युजिक भिडियोमा समेत उनी आफैँले मोडलिङ गर्दै आएकी छन् । आचार्य केही पहिले एक युट्युवमा दिएको एक अन्तवार्ताको कारणले पनि विवादमा तानिएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *