Sajhamanch Archive

प्रधानमन्त्री तीनवटा विद्यावारिधि !

Published: (Updated: ) in समाज by .

प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरैले आठ कक्षा मात्रै पढेको भनेर खिल्ली उडाउँछन् । तर प्रधानमन्त्री ओलीले अहिलेसम्म तीनपटक विद्यावारिधिको उपाधी पाइसक्नुभएको छ !

सामान्यतया विश्वविद्यालयको अन्तिम खुड्किलोमा कुनै महत्वपूर्ण विषयमा अध्ययन सकेपछि विद्यावारिधि अर्थात पीएचडीको उपाधि पाइन्छ । तर समाजमा महत्वपूर्ण योगदान पुर्याने विशिष्ट व्यक्तिहरुलाई पनि विश्वविद्यालयहरुले मानार्थ पीएचडीको उपाधि दिने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र तीनपटक यस्तो उपाधि पाइसक्नुभएको छ । केही दिनअघि मात्रै उहाँलाई कोस्टा रिकामा त्यहाँको विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको हो । सान जोसमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस)ले उहाँलाई यो उपाधि दिएको हो ।

यस्तै गएको चैतमा भारत भ्रमण जाँदा उत्तराखण्ड राज्यको पन्तनगरस्थित कृषि तथा प्रविधि विश्वविद्यालयले पनि प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो ।

आठ वर्षअघि पनि ओलीले विद्यावारिधिको उपाधि पाउनुभएको थियो । अमेरिकाको विवादास्पद ग्रीनफोर्ड युनिभर्सिटीले काठमाडौंमै कार्यक्रम गरेर ओली सहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई समेत मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो ।

यो युनिभर्सिटी नक्कली रहेको थाहा भएपछि मह जोडीले उपाधि फिर्ता लिएको घोषणा गरेका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *