Sajhamanch Archive

कमल गाउँपालिकामा डेंगो रोग नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । कमल गाउँपालिका स्वस्थ्य शाखाकाको आयोजनामा बुधबार डेंगो रोग नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने चार रोगमध्ये डेंगो रोग एक हो । यो एडिस नामक जामखुट्टे जमेको सफा पानिमा बस्ने भएकोले यस्तो पनि जम्ने टायर, फ्रिज, गमला लगायतमा यस प्रकारको लामखुट्टेको लार्भा रहने भएकोले यस्तो ठाउँमा पानि जम्न दिनु नहुने कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

उनले पानिमा लार्भा नष्ट गर्ने उपाएका बारेमा बताए । गाउँपालिका स्वास्थ्य शाखाकाको आयोजनामा स्वास्थ्यर्की, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको टोलीले कमल गाउँपालिकाको केर्खा, सितापुरी, पाडाजुँगी, मंगलबारे बजारमा जनचेतना मुलक कार्यक्रम गरिएका प्रमुख मिश्रले जानकारी दिए ।

टोलीले केर्खा बजारको एक मोटर साईकल ग्यारेज र पाडाजुगीमा ३ मोटरसाइकल ग्यारजको टायरमा जमेको पानिमा डेंगो रोग लगाउने एडिस नामक जामखुट्टेको लार्भा फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अहेव ईन्द्र प्रसाद सुबेदीले जनाकारी दिए ।

डेंगो ज्वरो विषाणुका कारणबाट लाग्ने भएकोले यसको वास्तविक रुपमा कुनै उपचार छैन । त्यसैले विरामी भएर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाए भएको गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी तुलसी काफ्लेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *