दशैंलाई मध्यनजर गर्दै भद्रपुरमा ७२ सिटे यती एयरलाइन्सको सेवा
Published: (Updated: )
by .भद्रपुर । यती एयरलाइन्सले भद्रपुर काठमाण्डौ उडान यात्रा सहज तथा यात्रुमैत्री बनाउन वडा दशैंको अवसर पारेर ७२ सिटे जहाज मार्फत उडान सुरु गरेको छ ।
यात्रुमैत्री सेवा प्रवाहका लागि जेट विमान मार्फत चन्द्रगढी विमान स्थलबाट ७२ सिटे जहाज मार्फत उडान सुरु गरेको हो । ए टी आर ७२—५०० विमानबाट सेवा सुरु गरेपछि भद्रपुर काठमाण्डौ आवगमन समय समेत १० मिनेट कम हुने जनाइएको छ ।
एयर लाइन्सका चन्द्रगढी विमान स्थल स्टेशन प्रमुख रेवतबहादुर कार्कीका अनुसार ठूलो जहाजबाट सेवा प्रवाहमा सुगमतासँगै यात्रुको चाप व्यवस्थापन पनि सहज हुने छ ।
विगतका विमानले दिने सेवामा भन्दा कम समय लाग्ने, विमानको उडान उचाई बृद्धि हुने र जुनसुकै मौसममा पनि उडान भर्न सकिने कारणले यात्रा समय व्यवस्थापन सहजबन्दा यात्रुलाई फाइदा पुग्ने छ ।
Comments