Sajhamanch Archive

दशैंलाई मध्यनजर गर्दै भद्रपुरमा ७२ सिटे यती एयरलाइन्सको सेवा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

भद्रपुर । यती एयरलाइन्सले भद्रपुर काठमाण्डौ उडान यात्रा सहज तथा यात्रुमैत्री बनाउन वडा दशैंको अवसर पारेर ७२ सिटे जहाज मार्फत उडान सुरु गरेको छ ।

यात्रुमैत्री सेवा प्रवाहका लागि जेट विमान मार्फत चन्द्रगढी विमान स्थलबाट ७२ सिटे जहाज मार्फत उडान सुरु गरेको हो । ए टी आर ७२—५०० विमानबाट सेवा सुरु गरेपछि भद्रपुर काठमाण्डौ आवगमन समय समेत १० मिनेट कम हुने जनाइएको छ ।

एयर लाइन्सका चन्द्रगढी विमान स्थल स्टेशन प्रमुख रेवतबहादुर कार्कीका अनुसार ठूलो जहाजबाट सेवा प्रवाहमा सुगमतासँगै यात्रुको चाप व्यवस्थापन पनि सहज हुने छ ।

विगतका विमानले दिने सेवामा भन्दा कम समय लाग्ने, विमानको उडान उचाई बृद्धि हुने र जुनसुकै मौसममा पनि उडान भर्न सकिने कारणले यात्रा समय व्यवस्थापन सहजबन्दा यात्रुलाई फाइदा पुग्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *