Sajhamanch Archive

सवारी साधन नचल्दा किसान मारमा

Published: in समाज by .

इलाम । इलामको उत्तरी क्षेत्रमा यातायात सुविधाको पुगेपनि सवारी साधन संचालन हुन नसक्दा घोडामा भारी बोक्नुपर्ने बाध्यता छ।

उत्तरी क्षेत्रमा संचालन हुन २० वर्ष पुराना गाडी कुदन सरकारले रोक लगाएपछि विकल्पको रुपमा घोडा प्रयोगमा आएका हुन्।

ट्रयाकमात्र खोलेर छोडिएको सडकमा ल्यान्डरोभर गाडी बाहेकका अन्य सवारी साधन संचालन हुन नसक्दा सामाग्री ढुवानीमा समस्या हुने गरेको स्थानियको भनाइ छ।

जिल्लाको सुर्योदय, माइजोगमाई, सन्दकपुरलगायतका क्षेत्रमा पर्याप्त मात्रामा स्कुस र काउली उत्पादन हुने भएपनि सडक नहुँदा घोडाको भरमा बजारसम्म पुर्‍याइने गरेको स्थानिय बलबहादुर थापाले बताए।

३ वटा स्थानिय तहका कृषि उत्पादनको मुख्य बजार नेपाल भारत सिमानाको मानेभञ्ज्याङ नै हो। आफना उत्पादन बिक्री गरेर किसानहरुले मानेभञ्ज्याङबाट खाध्यान्न खरिद गरी ग्रामिण क्षेत्रमा घोडाबाटै ढुवानी गर्दै आएका छन्।

यातायातको राम्रो व्यवस्था नहुँदा ति क्षेत्रका बासिन्दाहरुले ऋण गरेर भएपनि ढुवानीको लागि घोडा खरिद गरेका छन्। अधिकांश किसानको घरमा ढुवानीकै लागि ५ वटासम्म घोडा पालिएका छन्।

कतियपय स्थानीयले घोडाबाट सामाग्री ढुवानी गरेर दैनिक १ हजारसम्म आम्दानी गर्ने गरेका छन्। नेपाल तर्फबाट सिजन अनुसारको तरकारी निर्यात हुन्छ भने भारतबाट दैनिक उपभोग्य चामल, नुन, तेललगायत अन्य खाध्यान्न आयात हुने गरेको छ।

कृषि क्षेत्रको पर्याप्त सम्भावना भएपनि सडकको अवस्था राम्रो नहुँदा सोचे जस्तो आम्दानी नभएको किसानहरुको गुनासो छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *