Sajhamanch Archive

सतासी महिला मौरी पालनद्वारा दिपावलीका लागि फाइबरको माला बजारमा ल्याउने तयारी

Published: (Updated: ) in सहकारी by .

दूधे । झापाको शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले दिपावलीका लागि फाइवरको माला बजारमा निकाल्ने भएको छ ।

विशेष गरी भाई टिका र दिपावलीको सजावटको लागि संस्थाले माला बजार ल्याउने तयारी गरेको हो ।

बजारमा विक्री वितरण गर्दै आएका प्लाष्टिकको मालाको सट्टा फाइबारको माला प्रयोग गर्दा वातावरिणय हिसावले पनि राम्रो मानिएको छ ।

संस्थाले माला विक्रीका लागि ५ हजार मालाको तयारी गरिरहेको जनाएको छ । एक व्यक्ति एक रोजगागर भन्ने नारासहित मौरीपालन अहिले माला बनाउन जुटेको हो ।

सहकारीका ५२३ सदस्य मध्ये हाल ४४ जनाले फाइबरको माला उत्पादन गर्दै आएको संस्था व्यवस्थापक देवीकुमारी दाहालले बताइन् । उनका अनुसार सो माला बजारसम्म आइपुग्दा प्रति गोटा ५० देखि १२० रुपैयासम्म पर्नेछ ।

विभिन्न किसिमको कलरबाट बनाइएको माला हेर्दा आकर्षक बनाइको छ । मालालाई विवाह, पार्टी, समारोहमा सजावटको लागि पनि प्रयोग गर्न सकिने संस्थाकी अध्यक्ष केशमाया थेवेले बताइन् । उनले हाल प्रदेश नं. एक भरी प्रचारका लागि माला पुर्याईने र बजारको मागका आधारमा उत्दपादन बृद्धि गर्दै लैजाने बताइन् ।

महिला दिदी बहिनीहरुले घरको गर्दै पनि अतिरिक्त समयमा माला बनाउने सकिने व्यवस्थापक दाहाल बताउँछिन् ।दिदीबहिनीहरुले आफुलाई आवश्यक पर्ने खर्चका लागि अरुको मुख ताक्नु पर्ने बाध्यता फाइबरको मालाले हटाइदिएको छ, उनले भनिन् ।

माला बनाएर रै घर खर्च चलेको सदस्य पूर्णिमा लिम्बुले बताइन् । उनले दिनमा १२ देखि १८ ओटासम्म माला बनाउने सकिने जानकारी दिइन् ।माला बनाएर दिनमा ३ सयदेखि ५ सयसम्म आम्दानी सकिने उनको भनाई छ ।

संस्थाले माला बनाउन कच्चा पदार्थ निशुल्क उपलब्ध गराउने र बनाइएको माला संस्थाले नै लिइदिने भएकाले पनि सदस्यले माला बनाएर बजारको चिन्ता नरहेको मौरी पालन प्रदेश नं. १ का सचिव तीर्थ दाहालले बताए । उनले सहकारी रहेका सबै शेयर सदस्यहरुलाई कुनै न कुनै विधामा रोगजारमा लगाउने उद्देश्यसहित संस्था अघि बढेको जानकारी दिए ।

यसै वर्षदेखि कागजको कप र नेप्किन पेपर उत्पादन गर्ने तयारीमा जुटेको संस्थाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *