काठमाडौं पस्न ४५ किलाेमिटर जाम, एम्बुलेन्समै बिरामीको मृत्यु
Published: (Updated: )
by .
धादिङ । नागढुंगामा सडक मर्मतका कारण ४५ किलोमिटरसम्म सवारी जाम पर्न थालेको छ। जाममा धेरै समय रोकिँदा बुधबार एम्बुलेन्समै एक बिरामीको ज्यान गयो।
चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेको बिरामीलाई समयमै अस्पताल पुर् याउन नसक्दा बाटोमै ज्यान गएको हो। नौबिसे नागढुंगा सडकखण्ड पार गर्न घण्टौं लागेपछि बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघरमा ५५ वर्षीया रजनी चौधरीको मृत्यु भयो। उनी चितवनको सौराहाकी हुन्।
चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले उपचार गर्न नसकेपछि काठमाडौं पठाएको थियो। मंगलबार रातिदेखि नागढुंगा–नौबिसे सडकखण्डमा सवारी जाम थियो। चौधरीको मृत्यु भएपछि एम्बुलेन्स शवसहित चितवन फर्किएको थियो।
नौबिसेदेखि नागढुंगासम्म सँधैजसो हुने जाम हटाउन भन्दै काठमाडौंको पिपलामोडदेखि नागढुंगासम्म दुई किलोमिटर बाटो मर्मत थालिएसँगै काठमाडौं आउजाउ गर्ने यात्रु र बिरामीको बिचल्ली भएको छ।
अन्नपूर्ण पोष्टबाट ।
अन्नपूर्ण पोष्टबाट ।
Comments