Sajhamanch Archive

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाउपर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीलाई लिएर उनकै पार्टीका नेताहरुले कडा आलोचना गरेका छन् ।

रिपब्लिकन सिनेटरहरुले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाको मजाक उडाएको भन्दै राष्ट्रपति ट्रम्पको निन्दा गरेका हुन ।

सिनेटर जेफ फ्लेक र सुजन कालिन्सले राष्ट्रपति ट्रम्पको टिप्पणीलाई घटिया स्तरको संज्ञा दिएका छन् ।

एक र्‍यालीलाई संबोधन गर्दै राष्ट्रपति ट्रम्पले प्रस्तावित न्यायाधीश कैवेनामाथि आरोप लगाउने प्रोफेसर क्रिस्टीन ब्लेसी फोर्डलाई कथित यौन हमलाको घटनाक्रमका महत्वपूर्ण कुराहरु स्मरण नभएको व्यङ्ग्य गरेका थिए ।

गतहप्ता पनि राष्ट्रपति ट्रम्ले उनलाई निकै भरोसायोग्य साक्षीभन्दै खिल्ली उडाएका थिए ।

प्रस्तावित न्यायाधीश कैवेनामाथि लागेको आरोपको एफबीआईमार्फत जाँच गराउन माग गर्ने मध्येका एक रिपब्लिकन सिनेटर जेफ फ्लेकले कुनै पनि स्थान र समयमा यसप्रकारको टिप्पणी गर्नु शोभनीय नभएको बताए ।

अर्की सिनेटर लीसा मर्कोव्स्कीले पनि राष्ट्रपति ट्रम्पको आलोचना गर्दै उनको भनाइ पूर्णरुपले अनुचित र अस्विकार्य रहेको जिकीर गरिन् ।

प्रस्तावित न्यायाधीश कैवेना यौन हमलाको आरोपबाट बचे सर्वोच्च अदालको झुकाव रुढिवादी हुने विश्लेषण गर्न थालिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *