Sajhamanch Archive

यी हुन् राजदूत बनेर काठमाडौं आउन लागेका समलिंगी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

डिसी । रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् । उनले वाशिंगटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा सपथ ग्रहण लिएका छन् ।

अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको थियो । बेरीको राजदूत पद पहिलो नियुक्ति हो । उनले योभन्दा पहिले कहिले पनि राजदूत पदमा नियुक्त भएका थिएनन् ।

गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका थिए । दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम विभागको उपनिर्देशकका रूपमा कार्यरत थिए ।

सन २०१५ मा बेरी एम्स्ट्रेडममा अमेरिकी काउन्सिलर जनरल थिए । नेपालमा राजदूत नियुक्त हुनुअघि बेरी अमेरिकी विदेश मन्त्रालयअन्तर्गत प्रजातन्त्र, मानवअधिकार र मजदुर ब्युरोका उपसहायक मन्त्री थिए ।

सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले न्यूजिल्याण्डमा सन् २००९ देखि २०१२ , नेदरल्याण्डमा काउन्सलर जनरलको रूपमा २०१२ देखि २०१५ काम गरिसकेका छन् । यस अघि नेपालमा उनले २००७ देखि २००९ सम्म राजदूत पछिको दोस्रो बरियातामा रहेर काम गरिसकेका छन् ।

बेरी नेपाल र दक्षिण एसियाली मामलामा राम्रो जानकार मानिन्छन् । बेरी स्पेनिस र अरविक भाषामा राम्रो दखल राख्छन् ।

बेरी समलिंगी हुन् । उनका दुई छोराछोरी पनि छन् । उनको श्रीमान प्रवेश सिंह हुन् । रेन्डी विलियम बेरी अमेरिकाको मध्ये पश्चिम राज्य कोलोराडोको हिलसाइडमा सन् १९६५ मा जन्मिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *