Sajhamanch Archive

यौनसम्पर्क गर्ने बेला जिब्रो टोकियो, जेलमा पुगिन् पत्नी

Published: (Updated: ) in विविधा by .

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलाले किस गर्ने क्रममा आफ्ना श्रीमानको जिब्रो छिनालेकी छन् । ती महिलालाई आफ्नो श्रीमानको रुप राम्रो लाग्थेन त्यसकारण उनी खुशी थिइनन् ।

श्रीमान्–श्रीमतीबीच हरेकदिन जसो झगडा भइरहन्थ्यो । स्थानीय प्रहरीका अनुसार २२ वर्षका श्रीमानको उनकी गर्भवती श्रीमतीसँग झगडा भएको थियो । त्यसपछि उनीहरूसँगै सुतेका थिए ।

एकैछिनपछि श्रीमानले श्रीमतीलाई यौनसम्पर्क गर्न किस गर्न थाले । त्यसक्रममा उनकी श्रीमतीले जिब्रो टोकेर ठूलो घाउ बनाइदिएको प्रहरीले जनाएको छ ।

घटनामा श्रीमानले आफ्नो आधा जिब्रो गुमाएका छन् । उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको परिवारले प्रहरीलाई खबर गरेपछि श्रीमती पक्राउ परेकी छिन् ।

दिल्लीको एक अस्पतालमा जिब्रो काटिएका श्रीमानको शल्यक्रिया गरिएको छ । उपचारमा संलग्न डाक्टरहरूले उनले फेरि बोल्न सक्ने वा नसक्ने कुरा अहिले नै भन्न नसक्ने बताएका छन् ।

आठ महिनाकी गर्भवती महिला अहिले प्रहरी हिरासतमा छिन् । उनीहरूको दुईवर्ष अघि विवाह भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *