Sajhamanch Archive

अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार, १ को मृत्यु, ६ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ ।

अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो ।

बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन् ।

घाइतेको अहिले उपचार भइरहेको छ । तीमध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ ।

बालिका बन्धक बनाउनेको पहिचानसँगै त्यसो गर्नुको कारण अहिलेसम्म नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । नियन्त्रणमा लिइएका बन्दुकधारीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *