Sajhamanch Archive

सवारी चालकलाई जुत्ता अनिवार्य

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । सवारी चलाउँदा चालकले अनिवार्य रुपमा लगाउनु पर्ने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको हो ।

दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।

चप्पल लगाएर सवारी चलाएको भेटिए लाईसेन्स खारेज सम्मको जरीवाना गरिने ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिए ।

दसैं, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको जनाइएको छ ।

चालकले जुत्ता लगाउनै पर्ने पुरानो नियमलाई पुनःकार्यान्वयनमा ल्याएको प्रहरीको भनाई छ ।

सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।

जुत्ता लगाएर सवारी चलाए क्लच र ब्रेक सही तरिकाले लाग्ने र खुट्टा सो स्थानबाट नचिप्लने हुँदा यो नियम राखिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *