Sajhamanch Archive

बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारी – चारआली सडक खण्डमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर १२ कालीझोडा निवासी ६० वर्षीय बिष्णुप्रसाद लुहार रहेको प्रहरीले जनाएको छ । बिहान ८ः३० बजे ईलामबाट झापाको चारआली हुँदै बिर्तामोड आउँदै गरेको मे १ ज २४६२ नम्बरको बोलेरो जिपले साइकलयात्री लुहारलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भिर घाईते लुुहारको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचारका क्रममा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

दुर्घटनामा अन्य तीन जना घाइते भएको छन् । जिपले साइकललाई ठक्कर दिएपछि जीप पल्टिएको थियो । जीपले अन्यन्त्रित भई बाटोमा उभिरहेका मेची नगर १२ निवासी टंक रोक्कालाई पनि ठक्कर दिएको छ ।

जीपमा सवार इलाम नगरपालिका ७ निवासी विरेन्द्र रिजाल, सोही जिल्ला जोगमाई ४ का विशाल सापकोटा घाइते भएका छन् । घाइते तिनै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *