Sajhamanch Archive

एनएमसीमा सर्भेयर अभिमुखीकरण

Published: in सहकारी by .

विर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को आयोजनामा एक दिने सर्भेयर अभिमुखीकरण कार्यक्रम एनएमसी बिर्तामोड कार्यालयको भवनमा बिहीबार सम्पन्न भएको छ ।

संस्थाका नवनियुक्त ४० सर्भेयरहरु सहभागी भएको कार्यक्रममा सर्भेयरहरुसँग सदस्यहरुले राख्ने चासोका बिषयहरुमा विस्तृतमा छलफल गरिएको थियो । डाटा संकलनसँग सम्बन्धित समस्याहरु तथा तिनको उपयुक्त समाधानका बिषयमा सर्भेयरहरुले आपसमा अनुभव साटासाट गरेका थिए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती तथा उपाध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले सहजीकरण गर्नुभएको कार्यक्रम संस्थाका खोज, अनुसन्धान तथा विकास विभाग प्रमुख नबिन भण्डारीेले गरेका थिए । नवनियुक्त सर्भेयरहरुलाई संस्थाका सदस्यहरुसँग सामाजिकीकरण गर्न यस प्रकृतिको छलफल अपरिहार्य भएको प्रमुख भण्डारीले बताए ।

संस्थाका २०७५ साउन मसान्तसम्मका ५३ हजार सदस्यहरुको सर्वेक्षण यसबर्ष सम्पन्न गर्ने कार्ययोजना रहेको र सो प्रयोजनका लागि हाल ४४ सर्वेयरहरु समुदायमा सक्रिय रहेको जानकारी प्राप्त भएको छ । थप ५६ जना सर्वेयरहरु नियुक्त गरी कार्यक्रमलाई नतिजामा पुर्याउन कार्यालयगत आधारमा आवेदन आह्वान गरिएको समेत जानकारी गराइयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *