Sajhamanch Archive

शिवसताक्षीमा जारी भेट्रानः वडा नं.२ विजयी

Published: (Updated: ) in खेलकुद by .

दूधे । झापा शिवसताक्षीमा जारी भेट्रान फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा शिवसताक्षी वडा नं २ विजयी भएको छ । वडा नं. ४ लाई १ –० गोल अन्तरले पछि पार्दै वडा नं. २ विजयी भएको हो ।

खेलको दोस्रो हाफको २१ औं मिनेटमा शिवसताक्षी वडा नं. २ का स्टाइगर जर्सी नं. ३ का देबेन्द्र लावतीले १ गोल गरी टिमलाई जिताउन सफल भए। म्यान अफ दी म्याच शिवसताक्षी नगरपालिका वडा नं. ४ का खेलाडी जर्सी नम्बर नं. ४ का कुमार तामाङ घोषित भए । उनले नगद साथै साथै ट्रफी प्राप्त गरे ।

शुक्रबार शिवसताक्षी वडा नं . १ र वडा ५ बीच खेल हुने आयोजक समाज सेवी युवा क्लबले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगर ३० हजार १ सय नगदसहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

औपचारिक कार्यक्रममा शिवसताक्षी नगरपालिका युवा संघ नेपालका अध्यक्ष सुरज रिगालुङ्ग राई प्रमुख अतिथिमा सम्पन्न भएको थियो । खेलमा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कैलाश राई, शिवसताक्षी नगरपालिका खेलकुद संयोजक फुर्वा तामाङ, इलाका ट्राफिक कार्यालय झिलझिलेका इन्चार्ज नारायणप्रसाद भट्टराई, चौतारी सकोसका अध्यक्ष भद्र कुमार राईलगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *