Sajhamanch Archive

ब्रा देखाएको भन्दै ज्यान मार्ने धम्की

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

एजेन्सी । किर्गिज गायिका जेरेलाई हत्याको धम्की आएको छ । म्युुजिक भिडियोमा ब्रा देखाएको भन्दै उनलाई ज्यान मार्ने धम्की आएको बताइएको छ ।

पुुरातन समाजमा महिलामाथिको दृष्टिकोणलाई ‘च्यालेन्ज’ दिन उनले नयाँ गीत बजारमा ल्याएकी थिइन् । रिलिज भएको केही घन्टाभित्रै उनको नयाँ भिडियो ‘किज’ अर्थात् ‘युुवती’ देशैभरि चर्चित भएको थियो । यो गीतले उनलाई सेलिब्रिटी नै बनाइदियो ।

गीतले उनलाई प्रशंसामात्र दिलाएन, आलोचना पनि खेप्नुुप¥यो । भिडियोमा जेरे रमाइलो गरिरहेकी हुुन्छिन्, छातीमा पर्पल ‘ब्रा’ देखिन्छ। उनी महिलाको अधिकारको कुुरा गरिरहेकी हुुन्छिन् । ‘तिमीले चाहेको जस्तो मैले किन बन्नुुप¥यो ? मलाई सम्मान कहाँ छ ? ,’ क्यामेरातिर हेर्दै उनी यस्तो गीत गाउँछिन् ।

जेरे भन्छिन्, ‘मलाई मार्ने धम्की आएको छ । उनीहरूले मलाई केही नराम्रो गर्लान् भन्ने लाग्दैन । तर, के भर भयो र ? केही नहोला भनेर शतप्रतिशत ढुुक्क हुुने अवस्था छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *