Sajhamanch Archive

१५ दिन लम्बियो मनसुन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नियमित समय भन्दा यसवर्ष १५ दिन बढी मनसुनी चक्र लम्बिएको छ। असोज ७ सम्ममा बाहिरी सक्नुपर्ने मनसुनी चक्र अझै पनि मध्य र पूर्वी क्षेत्रमा बाँकी नै छ। पश्चिमी भूभागबाट भने मनसुन प्रणाली पुरै बाहिरी सकेको मौसम पूर्वनुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्।

पूर्णरूपमा मनसुन सफा हुन अझै एक साता लाग्ने महाशाखाको पूर्वनुमान छ। ‘पहाडी भूभागमा छिटफुट वर्ष हुन्छ। तर क्षति पुर्‍याउने गरी मनसुन सक्रिय हुँदैन। ८० प्रतिशत मनसुन बाहिरी सकेको छ’, कँडेलले बताइन्। पूर्वहुँदै फैलिने मनसुनी प्रणाली पश्चिमबाट सफा हुँदै बाहिरिने गर्छ।

सामान्यतय असोज ७ गते मनसुनी प्रणाली बाहिरिने गर्छ। तर यस वर्ष १५ दिन भन्दा बढी मनसुन लम्बिएको महाशाखाले जनाएको छ। जेठ २७ मा नेपाल भित्रिने मनसुनी प्रणाली यस वर्ष दुई दिन अघिनै भित्रिएको थियो। बिहीबार बिहानसम्म पोखरामा ११ मिलिलिटर पानी परेको छ भने अन्य क्षेत्रमा खासै पानी परेन। यो वर्ष प्रिमनसुन सक्रिय हुँदा वैशाख देखिनै पानी परेको थियो।

मनसुन लम्बिए पनि अघिल्लो वर्षको तुलनामा यसवर्ष कम पानी परेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिँदै जाने क्रम सुरु भएसँगै उपत्यकालगायतका स्थानमा दुई दिनदेखि बिहानपख चिसो महसुस हुन थालेको छ। काठमाडौंमा बिहीबार न्यूनतम १५ डिग्री र जुम्लामा पाँच डिग्रीसेल्सियस कायम रह्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *