Sajhamanch Archive

५ हजार एम्पुलसहित लागुऔषध गिरोहका नाइके पक्राउ

Published: (Updated: ) in समाज by .

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ५ हजार १ सय २५ एम्पुलसहित लागुऔषध गिरोहका नाइकेसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर–१५ घर भई काठमाडौं–२ बस्दै आएका ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द–११ का २४ वर्षीय अम्बरबहादुर राई रहेका छन् ।

उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । पोखरेलले भने, ‘‘मनोद्दिपक पदार्थसहित पक्राउ परेका उनीहरुबाट ५ हजार १ सय २५ एम्पुल डाइजेपाम, फेनारगन र बुप्रिनर्फिन बरामद गरेका छौं ।

थापा पटकपटक लागुऔषध मुद्दामा पक्राउ पर्दै छुट्दै गरेका व्यक्ति हुन् ।’’ पोखरेलका अनुसार थापाले भारतबाट औषधीजन्य मनोद्दिपक पदार्थ काठमाडौं भित्र्याएर कारोबार गर्ने गरेको र प्रहरीले उनलाई निगरानीमा समेत राख्दै आएको थियो ।

थापा यसअघि ०६३ मा ४४ ग्राम खैरो हिरोइसहित पक्राउ परेको र उनलाई सोही मुद्दामा १० वर्ष कैद सजायसमेत भएको थियो । ०७३ माघमा छुटेका थापा फेरि ठूलो परिमाण लागुऔषधसहित पक्राउ परेको एसएसपी पोखरेलले बताए ।

 बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *