सप्तरङ्गी एफ एमको साधारणसभा सम्पन्न
Published:
by .
दमक । दमक स्थित सप्तरङ्गी एफएमले शुक्रबार आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको छ ।
एफएमका अध्यक्ष मेहेरमान लिङ्गदेको अध्यक्षतामा भएको साधारणसभामा संचालक समिति सदस्य लक्ष्मी भट्टराईले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन सर्वसम्मत अनुमोदन गरिएको थियो ।
एफएमका प्रवन्धक निर्देशक गिरिराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संचालक समिति सदस्य रेगिना भट्टराईले स्वगत मन्तव्य राखेकी थिइन् ।
साधारणसभामा एफएमका सन्चालक समितिका साथै कर्मचारीको समेत उपस्थिती रहेको थियो ।
Comments