Sajhamanch Archive

मेचीनगरको वडानम्बर १ खुला दिशामुक्त वडा घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बाहुनडाँगी । मेचीनगर नगरपालिकाको वडानम्बर १ लाई खुला दिसामुक्त वडा घोषणा गरिएको छ । शुक्रबार गडागल्लीमा आयोजित घोषणा सभामा मेचीनगर नगरप्रमुख विमल आचार्यले वडानम्बर १ लाई खुला दिसामुक्त वडा घोषणा गरेका हुन् ।

‘स्वच्छ गाउँ सफा घर, पूर्ण सरसफाइ हाम्रो रहर’ ‘१ नम्बर वडावासीको स्वाभिमान एक घर एक चर्पी हाम्रो अभियान’ भन्ने मुख्य नारसहित स्थानीय गाडागल्ल बजारमा मेचीनगर १ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले वडानम्बर १ लाई खुला दिसामुक्त घोषणा गर्दै नगरका १५ वटै वडालाई खुला दिसामुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रमुख आचार्यले १ नम्बर वडालाई खुला दिशामुक्त वडा बनाउन सक्रियरुपमा लाग्ने यहाँका जनप्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, शिक्षकलगायत सवैमा धन्यवाद समेत ज्ञापन गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख मिना पोखरेल उप्रेतीले यसअघि नगरका केही वडा खुला दिसामुक्त वडा घोषणा भएपनि केही बाँकी रहेकाले तत्कालै नगरपालिका खुला दिसामुक्त नगरपालिकाको घोषणाको तयारीमा रहेको बताईन् । उनले जिल्लाका १५ वटा स्थानीय तहहरुमध्ये मेचीनगर भौगोलिक तथा जनसंख्याका आधारले पनि ठूलो भएकाले यसनगरमा धेरै चूनौती रहेको बताईन् । नगरलाई खुला दिसामुक्त नगर घोषणाका लागि नगरवासी लाई लाग्न आग्रह गरीन । खानेपानी डिभिजन कार्यालयका झापाका फोकल पर्सन रुद्र न्यौपाने, साहारा नेपालका दिपेश ओलीलगायतले बोलेका थिए ।

वडास्तरीय खानेपानी तथा स्वच्छन्दता समन्वय समिति हुर्दै नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छन्दता समन्वय समिति मेचीनगर हुर्दै जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले खुला दिसामुक्त वडा घोषणाको सिफारीस गरेको थियो ।

१ नम्बर वडाका सवै घरधुरीमा चर्पी निर्माणको कार्य पुरा भएकाले अनुगमनको लागि माग भए पछि कार्यालयबाट खटिइएको प्राविधिकहरुको टोलीले अनुगमन गर्दा खुला दिसामुक्त घोषणा गर्न उपयुक्त भएकाले कार्यालयको प्रतिवेदन अनुसार १ नम्बर वडालाई ओडीएफ घोषणा गरिएको खानेपानी डिभिजन कार्यालयका झापाका फोकल पर्सन रुद्र न्यौपानेले बताए ।

१ हजार ४५६ घरधुरी भएको वडामा शतप्रतिशत चर्पी स्थानीयले प्रयोग गर्न थालेको वडाध्यक्ष पासाङ्ग तामाङले बताए । वडाध्यक्ष तामाङको सभापतित्वमा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वडा सदस्य डिकेन्द्र थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारले तत्कालिन बाहुनडाँगी गाविस मार्फत यो कायृक्रम शुरु गर्दा करिव १० प्रतिशत घरधुरीमा मात्र मापदण्ड पुगेको शौचालय भएको यस वडामा स्थानीय तहको निर्वाचन हुँदा करिव ६० प्रतिशत घरधूरमिा मापदण्ड पुगेको चर्पाे भएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

वितेको आथिृक वर्ष २०७४/२०७५ को वडा बजेटबाट ६ लाख र मेचीनगर नगरपालिकाको थप २ लाख गरी कुल ९ लाख विनियोजित बजेटबाट वडाका अति विपन्न, असाहय, एकल महिलाका घरहरुमा चर्पी बनाउन आर्थिक अवस्था हेरेर १ सय ८० घरधूरमिा पूर्ण अनुदान र २४० घरधुरमिा आंशिक अनुदान गरी कुल ४२० घरहरुमा चर्पी निर्माण गरिउको वडा सदस्य थापाले बताए । कुल ३ सय ३५ घरधूरीमा साहार नेपालको निरन्तर सहजीकरणमा घरदैलो कार्यक्रमबाट चर्पी निर्माण कार्य गरिएको बताइएको छ ।

वडा सचिव युवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा सदस्य रामकुमार राईले गरेका थिए । सोहि कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा दलित फरक क्षमता भएका विद्यार्थीहरुलाई विद्यालय पोशाक शैक्षिक सामाग्रीसमेत वितरण गरिएको थियो । पवित्रा आधारभूत विद्यालयलगायत तीनवटा विद्यलायका संयौ विद्यार्थीहरुलाई सामग्रीहरु वितरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *