Sajhamanch Archive

दशैंको मुखमा तलब नपाउँदा कर्मचारी आक्रोशित

Published: in मिडियाबाट साभार by .

काठमाडौं । विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ ।

तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने ३ महिनादेखि तलब नपाउँदा रिसले चुर बनेका छन् ।

केन्द्रका २ सय ५० तथा एकाइ र अन्य निकायका १ सय १ गरी ४ सय ५१ कर्मचारीले तलब पाएका छैनन् । लतब नपाउनेमा महानिर्देशक र उपमहानिर्देशकसमेत छन् ।

केन्द्रले तलब खुवाउन कुनै पहल नै नगरेको कर्मचारीको आरोप छ । केन्द्रको यस्तो पाराले आफूहरुको दशैं नै खल्लो हुने उनीहरुको गुनासो छ ।

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *