Sajhamanch Archive

चिनीको मूल्य : लेखाले तोक्यो ६३, मन्त्री भन्छन् ७०

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । चिनीको बजार मूल्य विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ।

समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो।  बुधबार मन्त्रालयले चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो। बिहीबार समितिले ६३ रुपैयाँ तोक्ने निर्णय गरेपछि दुई निकायबीच विवाद देखिएको हो।

‘समितिबाट चिनीको भाउ ६३ रुपैयाँ तोक्न पत्र आएको छ। भाउ कार्यान्वयन गर्ने हैसियत मन्त्रालयको छैन। हाम्रो औकातको विषय होइन’, शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री मातृका यादवले भने, ‘पत्रको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्छु।

प्रधानमन्त्रीको निर्देशनपछि कार्यान्वयन हुनसक्छ।’ उनले समितिलाई व्यंग्य गर्दै तरकारीलगायत अन्य खाद्यान्न्को भाउ तोकिदिन आग्रह गरे। भाउ तोक्न मन्त्रालयले समितिलाई पत्र पठाउने उनले बताए।
कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *