Sajhamanch Archive

लेखापढी बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

Published: (Updated: ) in विविधा, सहकारी by .

भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरको आठौ वार्षिक साधारण सभा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष महेश भट्टराईको सभापतित्व तथा नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा चन्द्रगढी एकता मुल कृषक सहकारीका भगिरथ नेपाल स्वर्गदारी सहकारीका गोपालबहादुर थापा, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम अधिकारी ,केन्द्रीय सचिव युवराज कार्की केन्द्रीय सदस्य रमेश पोखरेल, ईकाइ समितिका अध्यक्ष महेश न्यौपाने लगायतले कार्यक्रममा शुभकामना राखेका थिए ।

संस्थाका अध्यक्ष भट्टराईले नीति तथा कर्यक्रम प्रस्तुत गर्दै २०६६ सालमा २९ जना शेयर सदस्यबाट स्थापना गरिएको सहकारीमा हाल २१४ जना शेयर सदस्य रहेकोे र शेयर पूँजी ६० लाख ८१ हजार ९ सय विवरण प्रस्तुत गर्दै संस्थाले आव ०७४।०७५को असार मसान्त सम्म २ करोड ७ लाख ८३ हजार ७८ रुपैयाको कारोवार गरी १लाख ४ हजार ३ सय २१ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *