Sajhamanch Archive

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा उप्रेती र उपकुलपतिमा उपाध्याय नियुक्त

Published: (Updated: ) in शिक्षा by .

काठमाडौं  ।  प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले डाक्टर गंगाप्रसाद उप्रेतीलाई आउँदो चार वर्षका लागि प्रतिष्ठानको कुलपतिमा नियुक्त गर्नुभएको छ । यसैगरी सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गर्नुभएको छ । उप्रेती यसअघि पनि कुलपति पदमै कार्यरत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र सांस्कृतिक हिसाबले उजिल्याउने काम गर्नु पर्ने बताउनुभएको  छ । प्रधानमन्त्री ओलीले नेपाली वाङमयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताउनुभएको छ ।

‘साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले नेपालको सामाजिक मूल्य मान्यता विश्वमा नै अनुपम रहेको बताउनुभएको छ । नेपालमा जस्तो सामूहिक परिवार विश्वमा कतै पनि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो प्रणालीबाट धेरै संस्कार सिक्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालका सांस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताउनुभयो । सामाजिक रुपमा, पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुन स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘दिदी भाइबीच झगडा भए तिजले मिलाइदिन्छ । दाजु भाइबीच झगडा भए दसैँले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुनः मर्मत गर्ने काम गरेका छन् ।’

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *