Sajhamanch Archive

दाजुभाइ झगडा दशैंले मिलाइदिन्छ : प्रधानमन्त्री ओली

Published: in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् ।
प्रधानमन्त्री ओलीले डा.गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपतिमा र सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका हुन् । उप्रेती यसअघि पनि सोही पदमा कार्यरत थिए ।

नवनियुक्त कुलपति डा.उप्रेतीले आइतबारै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सदस्य उपाध्यायलाई पनि कुलपति उप्रेतीले आइतबारै पद तथा गोपनियताको सपथ गराएका छन् ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताए ।

‘साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो’ प्रधानमन्त्री ओलीले भने । नेपालको सामाजिक मूल्यमान्यता विश्वमा नै अनुपम रहेको भन्दै उनले नेपालमा जस्तो सामुहिक परिवार विश्वमा कतै पनि नभएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई पनि मजबुद बनाउने काम गरेको भन्दै सामाजिक र पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले चाडपर्वले त्यसलाई पुनस्थापित गरिदिने बताए ।

‘दिदी भाइबीच झगडा भए तिजले मिलाइदिन्छ । दाजुभाइबीच झगडा भए दशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुनरमर्मत गर्ने काम गरेका छन् ।’

रातोपाटीता

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *