Sajhamanch Archive

रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउँने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् ।

नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् ।

पशुपतिको यात्रा सिध्राको व्यापार भनेझै प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

भारतबाट उनी बराती ९जन्ती० भएर आउने भएका छन् ।
विवाहपञ्चमीको दिन भारतबाट थुप्रै साधुहरु जन्तीको रुपमा विगतदेखि नै जनकपुर आउने गरेका छन् ।

यसपटक ती साधुहरुका साथमा प्रधानमन्त्री मोदी पनि आउने भएका छन् । दिल्लीदेखि जनकपुरसम्म आउँदा बाटोमा उनले नौ ठाउँमा सभा गर्ने तयारी रहेको भारतीय जनता पार्टीका एक नेताले बताए ।

उनले भने, ‘कहाँ–कहाँ सभा गर्ने त्यसको रुट र ठाउँ तय भएको छैन तर जनकपुरसम्म जानका लागि ठाउँ–ठाउँमा कार्यक्रम गर्दै जाने तयारी भइरहेको छ ।’

भारतमा सन् २०१९ मा हुने निर्वाचनलाई लक्षित गर्दै जनकपुरको विवाहपञ्चमीमा भाग लिन लाखौं भारतीय ९जन्ती० का साथमा प्रधानमन्त्री मोदी सहभागी हुने र सोही क्रममा ठाउँ–ठाउँमा जन्तीसहित कार्यक्रम गर्ने तयारी भइरहेको श्रोतको भनाई छ ।

त्रेता यूगमा भारतको अयोध्याबाट राम आएर जनकपुरमा सितासँग विहे गरेका थिए । त्रेता यूगको सोही दिनलाई विवाहपञ्चमीको रुपमा मनाउने गरिन्छ ।

सोही प्राचिन पौराणिक विवाहको सम्झनास्वरूप भारतबाट जन्ती लिएर आउने र राम–सीताको प्रतिमामा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तीहरूमा विशेषतः साधुहरू हुने गर्दछन् ।

यसपटक साधुको साथमा भारतीय प्रधानमन्त्री मोदी पनि आउने दूतावास स्रोतको दाबी छ । त्यसैपनि प्रदेश २ को सरकारले यसपटकको विवाहपञ्चमीलाई सार्कस्तरीय ढंगबाट मनाउने तयारी गरेको छ ।

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विवाहपञ्मीको अवसरमा जनकपुरमा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने जानकारी दिएका छन् । उनले असोज १४ गते जनकपुरमा एक कार्यक्रम आयोजना गरि सो कुराको जानकारी दिएका हुन् ।

महोत्सवको बारेमा आयोजना गरिएको छलफलमा मन्त्री साहले विगतको भन्दा यसपटकको विवाहपञ्चमी विशेष रुपमा मनाइने जानकारी दिएका थिए । नेपाल र भारत जोड्ने एकमात्र रेलमार्ग जनकपुर–जयनगर रेल सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।

त्यसको परिक्षण साउनमै भइसकेको छ । त्यसको अन्तिम तयारीको बारेमा जानकारी लिन नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी असोज १८ गते जनकपुर पुगेका थिए ।
भारतको विहार राज्य जयनगरबाट जनकपुर हुँदै कुर्थासम्मको ब्रोडगेज रेल चलाउने तयारी अन्तिम अवस्थामा पुगेको छ ।

सन् २०१४ मा थालिएको ५१ किलोमिटर लामो लिंक पहिलेभन्दा ठूलो ९ब्रोडगेज० रहेको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *