Sajhamanch Archive

दसैँमा जुवा तास खेलाए वा खेले मुलुकी फौजदारी संहिता बमोजिम कारबाही गरिने

Published: in राष्ट्रिय समाचार by .

डोटी। दसैँ–तिहारमा डोटीमा जुवा तास खेल्ने, खेलाउने गरे मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ ।
उज्यालो

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले दसैँ, तिहार तथा छठ पर्वको समयमा डोटीमा जुवा खेले, खेलाएमा वा रक्सी–जाँड खाएर हो–हल्ला गरेमा मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ ।

डोटी उद्योग वाणिज्य संघले दिपायल पिपल्लामा आइतबार गरेको दसैँ शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले यस्तो बताए ।

‘हामीले दसैँ, तिहार र छठ पर्वलाई मध्यजनर गरेर नयाँ सुरक्षा योजना ल्याएका छौँ’, उहाँले भन्नुभयो, ‘गल्ती गर्ने जो केहीलाई कारबाही गरेरै छोड्छौ ।’

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *