Sajhamanch Archive

शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसले ज्ञापन पत्र बुझायो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । नेपाली कांग्रेस नगरसमितिले शिवसताक्षी नगरपालिकामा १७ बुद्धे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । नगर सभापति पर्शुराम ढुंगानाको नेतृत्वमा करिब दुईसय कार्यकर्ताको उपस्थितिमा ज्ञपान पत्र बुझाइएको हो ।

नगर समितिले एकृकीत सम्पत्ती कर वैज्ञानिक नभएको, उपभोक्ता समिति गठन गर्दा एकलौटी ढंगबाट गठन गर्नु पर्ने, घर बाटो प्रमाणितको सिफारिस शतप्रतिशत कर बृद्धि भएकाले त्यसलाई पुरानै करमा लैजानु पर्ने लगायतका १७ बुद्धे मागसहित ज्ञपान पत्र बुझाएको नगर सभापति पर्शुराम ढुंगानाले बताए ।

कांग्रेसले दोहोरो कर,एकीकृत सम्पत्ति कर पूर्नमूल्याङकन गर्न उपभोक्ता समिति गठनमा पार्टीगत भर्तिकेन्द्र बनाएको, विषयगत समिति गठनमा एकलौटी गरिएको भन्दैं त्यसलाई सच्चाउन माग गरेका छन् ।

ज्ञापत्र बुझाउने क्रममा नपाली कांग्रेस महाधिवेशन प्रतिनिधी भक्ति सिटौलाले नगरले लगाएको विरोध गरेको नभई कर वैज्ञानिक तरिकाले लगाउन ध्यानकर्षण गरेको बताए । उनले, हामी करको विरोधी होइनौं, तर हरेक क्षेत्रमा लगाइएका करहरु वैज्ञानिक र नगरबासीले तीर्न सक्ने गरी लागु गर्नु पर्ने बताए ।

नगर प्रमुख चन्द्रकुमार शेर्माले ज्ञपान पत्र बुझ्दै नगरबासीलाई गएको वर्ष लगाइएको कर नै यस वर्ष पनि लागु गरिएको बताए । उनले, भने हामीले जग्गाको केही मूल्यांकन बढाएका हौ तर कर बढाएका छैनौ ।

प्रमुख शेर्माले कांग्रेसले बुझाएको जायज मागहरुलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको जानकारी दिए ।

नगरले प्रति कठ्ठा २५ हजार देखि २० लाखसम्म जग्गाको मूल्याकंन राखिएको जनाएको छ ।

नगरप्रमुख शेर्माले शिवसताक्षी नगरपालिकाले झापाका अन्य नगरपालिकाको भन्दा कम कर लगाइएको बताए । उनले नगरले प्रकाशन गरेको नीति तथा कार्यक्रमको बुक अध्ययन गर्न समेत समेत सुझाए ।

उनले करको विषयमा राजश्व परामर्श समितिको बैठकले निर्णय गर्ने बताए । राजश्व परामर्शमा उद्योग बाणिज्य संघका अध्यक्षलगायतको समिति रहने व्यवस्था भएकाले एकलौटी ढंगबाट कर नलगाइएको स्पष्ट पारे ।

ज्ञापन पत्र बुझाने क्रममा नेपाली कांग्रेस कार्यकर्ताले करको विरोधमा नारा समेत लगाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *