Sajhamanch Archive

आजका विदेशी मुद्राको सटही दर

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं  । सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही थपघट भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ र बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४० र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ०८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ २५ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ८४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *