Sajhamanch Archive

‘अमेरिकी डलर’ यसरी बन्न पुग्यो विश्वकै बलियो मुद्रा

Published: in अर्थतन्त्र by .

 अमेरिकी डलरको पहिचान एक विश्वव्यापी मुद्राको रुपमा स्थापित छ । अन्तराष्ट्रिय व्यापारमा डलर र यूरो निकै लोकप्रिय र स्वीकार्य मुद्रा हो ।

संसारभरका केन्द्रीय बैंकहरुमा रहेको विदेशी मुद्राको भण्डारणमा ६४% अमेरिकी डलरको मात्रै हुन्छ । यस्तोमा डलर आफैँमा एक विश्वव्यापी मुद्रा हो ।

डलर विश्वव्यापी मुद्रा हुनुमा उसको सामथ्र्य र अमेरिकी अर्थव्यवस्थाको तागतले काम गरेको छ ।

इन्टरनेशनल स्ट्याण्डर्स अर्गनाइजेशन लिस्टको अनुसार संसारभरमा कुल १८५ मुद्राहरु रहेका छन् । तथापी यीमध्ये धेरैजसो मुद्राको प्रयोग आफ्नो देश भित्र नै हुन्छ ।

कुनैपनि मुद्रा विश्वभरी कुन हदसम्म प्रचलित छ भन्ने कुरा त्यो देशको अर्थव्यस्था र सामथ्र्यमा निर्भर गर्छ ।

संसारको दोस्रो बलियो मुद्रा युरो हो । यूरोले संसारभरीको केन्द्रीय बैंकहरुको विदेशी मुद्रा भण्डारको १९.९% हिस्सा ओगटेको छ ।

डलरको सामथ्र्य र स्वीकार्यताले अमेरिकी अर्थव्यवस्थाको ताकत देखाउँछ । सम्पूर्ण डलरको ६५% डलरको प्रयोग अमेरिका बाहिर हुन्छ ।

संसारभरिको ८५% व्यापारमा डलरको सहभागिता हुन्छ । विश्वभरीको ३९% ऋण डलरमा दिइन्छ । यसकारण विदेशी बैंकहरुको अन्तराष्ट्रिय व्यापारमा डलरको आवश्यकता हुन्छ ।
डलर कसरी विश्वव्यापी मुद्रा भयो ?
सन् १९४४ मा ब्रिटेन उड्स सम्झौतापछि डलरको वर्तमान बल शुरुवात भएको थियो । त्यो भन्दा पहिले धेरैजसो देशहरुमा सुनलाई मात्र स्तरीय मानक मानिन्थ्यो । त्यी देशहरुमा सरकारले आफ्नो मुद्रालाई सुनको मागको मूल्यको आधारमा तय गर्ने बाचा गर्थे ।

सन् १९४४ मा अमेरिकाको न्यू हेम्पशायर राज्यमा रहेको ब्रिटेन उड्स सहरमा संसारको विकसित देशहरु भेटे र उनीहरुले अमेरिकी डलर बाहेक सम्पूर्ण देशहरुको मुद्राको विनियम दरलाई तय गरिदिए ।

त्यो समय अमेरिकासँग संसारको सबैभन्दा ठूलो सुनको भण्डार थियो । यो सम्झौताले अमेरिकाले बाँकी देशहहरुलाई पनि सुनको साटो आफ्नो मुद्रा डलरलाई समर्थन गर्न अनुमति दियो ।

सन् १९७० को शुरुवातमा कयैन देशहरुले डलरको बदला सुनको माग गर्न शुरु गरे । किनकी तिनमाथि मुद्रास्फीतिलाई सल्टाउनुपर्ने दबाब आइपरेको थियो ।

त्यो समय राष्ट्रपति निक्सनले फोर्ट नक्समा भण्डारण गरिएको आफ्नो सुनको भण्डारहरुलाई समाप्त गर्न अनुमति दिनुको साटो डलरलाई सुनबाट अलग गरिदिए ।

त्यो बेलासम्म डलर संसारको सबैभन्दा सुरक्षित मुद्रा बनिसकेको थियो ।

संसारको एकमात्र मुद्राको मागले डलरमाथि चुनौती
सन् २००९ मार्चमा चीन र रुसले एक नयाँ विश्वव्यापी रुपमा स्वीकार्य हुने मुद्राको माग गरे । उनीहरु संसारको लागि एक रिजर्व मुद्रा चाहन्थे जुन कुनै एक देशबाट अलग होस् र लामो समयसम्म स्थिर रहन सक्षम होस् । साथमा यसले ऋणमा आधारित राष्ट्रिय मुद्राहरुको प्रयोगबाट हुने नोक्सानलाई हटाउन सकोस् ।

चीनलाई चिन्ता छ कि डलरको मुद्रास्फीति तय भयो भने उसले जम्मा गरेर राखेको खर्बौ डलर कुनै कामको हुने छैन । यो अमेरिकाले आफ्नो ऋण तिर्नको लागि यूएस ट्रेजरीमार्फत नयाँ नोट छाप्न थालेको अवस्थामा मात्र सम्भव हुन्छ ।

चीनले अन्तराष्ट्रिय मुद्रा कोषसँग डलरको स्थानमा नयाँ मुद्रा बनाउने माग गरेको छ ।

सन् २०१६ को चौथो त्रैमासिकमा चीनको यूयान संसारको थप नयाँ रिजर्व मुद्रा बन्यो ।

सन् २०१७ को तेस्रो त्रैमासिकसम्म संसारको केन्द्रीय बैंकमा १०८ अर्ब डलर बराबरको यूआन थियो । यो एक सानो शुरुवात हो तर भविष्यमा यो बढ्ने क्रम जारी रहनेछ ।

चीन आफ्नो मुद्रा विश्वव्यापी विदेशी मुद्रा बजारमा व्यापारको लागि सम्पूर्ण रुपमा प्रयोग होस् भन्ने चाहन्छ । यो डलरको स्थानमा यूआयलाई विश्वव्यापी मुद्राको रुपमा प्रयोग गर्नु जस्तो हो । यसको लागि चीनले आफ्नो अर्थव्यवस्थालाई सुधारिरहेको छ ।

सन् २००७ मा अमेरिकी फेडरल रिजर्वको पूर्व अध्यक्ष एलेन ग्रीनस्प्यानले यूरोले डलरको स्थान लिनसक्ने बताएका थिए ।

सन् २००६ को अन्तिमसम्म संसारभरीको बैंकहरुको कुल विदेशी मुद्रा भण्डारमा यूरो २५ प्रतिशत थियो ।

जबकी डलर ६६ प्रतिशत थियो । संसारको कयैन इलाकाहरुमा यूरोको प्रभुत्व पनि रहेको छ । यूरोपेली संघ संसारको सबैभन्दा ठूलो अर्थव्यवस्थामध्य एक भएकाले पनि यूरो मजबूत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *