Sajhamanch Archive

डोटी भूकम्प (तस्वीरहरु)

Published: (Updated: ) in फोटो, विविधा, समाज by .

डोटी । सुदूरपश्चिमको डोटीमा केन्द्रविन्दु भएर गएराती २ बजेर १२ मिनेटमा आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् ।

यसैगरी, गएराती नै ९ बजेर ७ मिनेटमा दिपायलमा केन्द्रविन्दु बनाएर ५।७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *