Sajhamanch Archive

विर्तामोडमा मुक्तिनाथ विकास बैंकको उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल राष्ट्र बैंकबाट ख वर्गको मान्यता पाएकोे मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोडमा १०० औं शाखाको रुपमा शाखा उद्घाटन गरेको छ ।

बिर्तामोड नगरका प्रमुख ध्रुर्वकुमार शिवाकोटी, उद्योग वाणिज्य संघ अध्यक्ष कुमार भट्टराई, एक्सल डेब्लोमेन्ट बैंकका सिओ दिनेसकुमार पोखरेल, कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगायतले बैंक शाखाको उद्घाटन गरेका थिए ।

वि.सं. २०६३ सालमा स्याङ्ज्या जिल्लामा स्थापना भएको बैंकले नेपालभर ९९ स्थानमा शाखा खोली वित्तीय कारोवार सञ्चालन गरिसकेको बैंकले कृषिमा मात्र ४० प्रतिशत लगानी गर्न सफल भएको बताइएको छ ।

कार्यक्रमलाई स्वागत गर्दै बिर्तामोड शाखा प्रमुख सुबस घिमिरेले जनता बैंकमा होइन बैंक जनतामा जानु पर्छ, भन्ने मुल मर्मलाई अंगिकार गरेको बताए । उनले आधुनिक , ग्रामिण र लगुवित्त बैंकिङ सेवा प्रवाह गर्न नेपालकै पहिलो बैंक भएको भन्दै सबैलाई यस बैंकसँग कारोवार गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बजारमा बैंक नाफा मुलक उद्देश्यले मात्र खुल्ने भएकाले मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा आफ्नो लगानी गर्न आग्रह गर्दै समतामुलक समाज निर्माणमा अग्रसर हुन आग्रह गरे ।
बैकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले शाखा उद्घाटन काल देखि नै बैंकले कृषिमा लगानी गरेकाले एक परिवार एक सफल उद्योगी भएर बैंकले कार्य गरेको बताए । उनले देश विकासको मुल आधार कृषिमा व्यवसायिक सुधार कार्यलाई तिव्रता दिएकाले बिर्तामोड क्षेत्रमा पनि यस कार्यलाई निरन्तरता दिने बताए ।

बैंकको समुद्घाटन कार्यक्रममा बैंकले व्यक्तिको जीवन र सामाजिक कार्य गर्न प्रेरणा प्रदान गर्न सवैले आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *