Sajhamanch Archive

प्रधानमन्त्रीको गृहनगर दमक खुल्ला दिसामुक्त घोषणा

Published: (Updated: ) in स्थानीय तह by .

दमक । प्रधानमन्त्री के.पी. शर्मा ओलीको गृहनगर दमक सोमबार खुल्ला दिसामुक्त घोषणा भएको छ ।

१५ स्थानीय तह रहेको झापामा खुल्ला दिसामुक्त घोषणा हुने दमक एघारौं स्थानीय तह हो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरे ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पोर्तेलले सरसफाइ र स्वच्छता नागरिकको संवैधानिक हक भएकोले यसलाई विकास र अधिकारको एक प्रमुख सूचकको रुपमा लिनुपर्ने बताए ।

सडक, कल्भर्ट र पुल पुलेसालाईमात्र विकास मान्ने प्रवृत्ति र चिन्तनलाई परिवर्तन गरेर शिक्षा, क्षमता अभिवृद्धि, स्वास्थ्य, सरसफाइ र सामाजिक समुन्नतिलाई विकासको सूचक मान्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।

मुलुकका प्रधानमन्त्रीदेखि मन्त्री र राजनीतिक एवम् कर्मचारीतन्त्रमा झापाले नेतृत्व गरेको भए पनि सरसफाइ अभियानमा झापा पछाडि रहेको उल्लेख गर्दै सामाजिक समुन्नति र रुपान्तरणको नेतृत्व पनि अब झापाले गर्नुपर्ने समेत उनले बताए ।
कार्यक्रमका अध्यक्ष एवम् दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पूर्ण सरसफाइ प्रतिवद्धता प्रस्तुत गर्दै सार्वजनिक क्षेत्र व्यवस्थापन गर्दै पूर्ण सरसफाइको यात्रामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

दमक नगरपालिकालाई स्मार्ट सिटी बनाउने सूचकमध्ये खुल्ला दिसामुक्त घोषणा समेत एक प्रमुख सूचक भएको उल्लेख गरे । नगरपालिकालाई आगामी २ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गर्दै क्रमशः महिलामैत्री र अपांगमैत्री नगरपालिका घोषणा गर्ने योजना समेत नगर प्रमुख ओलीले सुनाए ।

सामाजिक समुन्नतिका सन्दर्भमा बोल्दै नगर प्रमुख ओलीले १८ वर्ष नपुगेका नागरिकले मदिरा किनबेच र सेवन गर्न नपाउने र लागु पदार्थ सेवन गरी बाहिर हिड्न पनि नपाउने नियम बनाउने समेत उल्लेख गरे ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले पूर्ण सरसफाइ अभियानलाई योजनावद्ध रुपमा अघि बढाउन नगरपालिकालाई अनुरोध गरे ।
१४ हजार ४ उय ५२ घरधुरी रहेको दमक नगरपालिकामा अघिल्लो वर्षसम्म १३ हजार ७ सय १० घरधुरीमा सुरक्षित शौचालय रहेका थिए । बाँकी ७ सय ४९ घरधुरीमा यस वर्ष शौचालय निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गरिएको उपप्रमुख गीता भेटवालद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा उल्लेख छ ।

घोषणा समारोहमा नगरपालिकालाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याउन सहयोग गर्ने संघसंस्था, निकाय र व्यक्तिहरुलाई नगरपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।

नेपालकै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यही असोज २४ गते खुल्ला दिसामुक्त घोषणा हुँदैछ । सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिका, पूर्वको प्रवेशद्वारको रुपमा मेचीनगर र हल्दिबारी गाउँपालिका खुल्ला दिसामुक्त हुन नसकेका कारण यही असोज महिनामा जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने जिल्लाको लक्ष्य असफल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *