Sajhamanch Archive

मेचीनगर सम्हाल्न आए खाम्याहाङ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
स्थानीय तहमा रुपान्तरित मेचीनगरमा महेन्द्रकुमार खाम्याहाङ तेस्रो प्रमुख प्रशासकीय अधिकृत हुन् ।

२०५३ सालमा स्थापित मेचीनगर नगरपालिकाका लागि खाम्याहाङ्ग १६औं प्रमुख अधिकृत हुन् । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई इलाम नगरपालिकामा सरुवा गरिएपछि त्यहाँ कार्यरत खाम्याहाङ मेचीनगर नगरपालिका आएका हुन् ।

मेचीनगर नगरपालिकामा खाम्याहाङलाई सोमबार स्वागत गरिएपछि पदभार ग्रहण गरेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले आयोजना गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने औंल्याए ।

उनले नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीप्रति कर्मचारीलाई जिम्मेवार बन्न आग्रह गर्दै चुस्त दुरुस्तरुपमा पारदर्शी र छिटो छरितोरुपमा सेवाप्रदान गर्न आग्रह गरे ।
स्थानीय तहका कर्मचारी र निजामति कर्मचारी सबैको दायित्व जनतालाई छिटो छरितो र चुस्त सेवा प्रवाह गर्ने भएकाले यसमा नअल्मलिन सबैलाई आग्रह गरे ।

एकजना कर्मचारीको सानो गल्तीले कार्यालयकै बदनाम हुने हुँदा यसतर्फ चनाखो बन्न कर्मचारीलाई उनले सझग गराए ।

नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख अतिथ्यमा भएको स्वागत कार्यक्रममा उनले भनिन्, प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गसँग नगरपालिकाले धेरै कुराको अपेक्षा गरेको र त्यो उनको कार्यकालमा पूरा हुने विश्वास व्यक्त गरिन् ।
एशोसिएशन इकाई समितिका अध्यक्ष सञ्जयकुमार ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख अनन्तप्रकाश वस्तीले स्वागत तथा सचिव रविन्सन थापाले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *