Sajhamanch Archive

नयाँ न्यायाधीशसँग ट्रम्पले मागे माफी

Published: in राष्ट्रिय समाचार by .

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ न्याायधीश ब्रेट क्याभानोसँग अमेरिकी जनताको तर्फबाट माफी मागेका छन्।

यौन दुर्व्यवहारका आरोप खेपेका क्याभानोसँग राजनीतिक तथा व्यक्तिगत लाञ्छनापूर्ण झुट्टा अभियानका लागि माफी मागेका हुन्। विवादित अनुमोदन प्रक्रियापश्चात् उनको शपथ ग्रहणको समारोहमा बोल्दै ट्रम्पले राष्ट्रसेवामा अग्रसर हुनेहरूको सम्मानजनक मूल्याङ्कन हुनुपर्ने बताए। गत शनिवार भएको मतदानमा सिनेटले क्याभानोले ५० मत ल्याएरका थिए भने उनको विरुद्धमा ४८ मत परेको थियो।

उक्त अनुमोदन प्रक्रिया निकै विवादित रह्यो। केही महिलाले क्याभानोविरुद्ध यौन दुर्व्यवहारका आरोप लगाएका थिए। एकजना आरोपी क्रिस्टिन ब्लाजे फोर्डले सिनेटमा क्याभानोले सन् १९८२ ताका आफूमाथि यौन हमला गरेका विवरण सुनाएकी थिइन्। तर क्याभानोले ती सबै आरोप झुट्टा भएको बताएका थिए।

राष्ट्रपति ट्रम्पले क्याभानोको पक्ष लिँदै विपक्षी दलले असत्य विवरणहरूको अभियान चलाएको दोष लगाएका थिए। निकै विवादपश्चात् भएको उनको अनुमोदनका कारण शपथ ग्रहण समारोहमा ट्रम्पले क्याभानो तथा उनका परिवारसमक्ष लाञ्छनाका कारण उनीहरूलाई पुगेको पीडा र चोटका निम्ति अमेरिकी जनताका तर्फबाटै माफी चाहेको बताए। सोही समारोहमा बोल्दै क्याभानोले चाहिँ अनुमोदन प्रक्रियाको तिक्तताले उनको आगामी काममा असर पार्न नदिने बताए। आफूविरुद्ध लागेका आरोपको नाम नलिकनै उनले आफूले सधैँ महिलाहरूको प्रोत्साहन गर्ने गरेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *