Sajhamanch Archive

‘फिल्ड’मा नजाने कर्मचारीमाथि प्राधिकरणले चाल्यो कडा कदम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकिएको स्थानमा नखटिएका कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै करार सम्झौता गरी सेवामा रहेका तर, तोकिएको स्थानमा नियमित रुपमा नखटिएका प्राविधिक कर्मचारीलाई कारबाहीको सिफारिस गरेको हो ।

फिल्डमा खटिएको भनिएका तर, नियमित रुपमा शैक्षिक संस्थामा उपस्थित भएका कर्मचारीको हाजिर प्रमाणित नगर्न स्थानीय तहका पदाधिकारी र सम्बन्धित अधिकारीलाई पनि प्राधिकरणले सचेत गराएको छ ।

विभिन्न स्थानमा खटिएका कर्मचारीहरु शैक्षिक संस्थामा नियमित विद्यार्थीका रुपमा समेत पाइएको भन्र्दै छानबिन भइरहेको प्राकिरणको सूचनामा उललेख छ । प्राधिकरणले त्यस्ता कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको समेत जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *