Sajhamanch Archive

यो दशैँमा कैदीको कैद मिनाह नहुने

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । यसवर्षको दशैंमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दसैं, गणतन्त्र र संविधान दिवसको अवसरमा केही कैदीबन्दीलाई आममाफी दिने चलन थियो । हाल ७३ जिल्लाका ७४ कारागारमा २० हजार कैदी छन् ।

नयाँ कानुनअनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदीको कैद मिनाहा गर्न सकिनेछ । यस्तै सोही ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुनसक्ने व्यवस्था छ ।

नेपाल समाचारपत्र

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *