Sajhamanch Archive

प्रदीप ऐरीको उत्कृष्ट प्रदर्शनमा भुुटानविरुद्ध नेपालको शानदार जीत

Published: in खेलकुद by .

नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकट गुमाएपछि नेपालले सहज जित निकालेको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानका लागि तेन्जिङ वाङचुुक जुनिएरले ११ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्

भुटानलाई ३३ रनमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । जसमा सन्दीप लामिछाने र ललित नारायन राजवंशीले समान ३—३ विकेट लिए भने वसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले समान एक—एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । जसका लागि ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीले सर्वाधीक ७५ रन बनाएका थिए भने अनिलकुमार शाहले २७, दिपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले ११ रनको योगदान गरेका थिए ।
नेपालको ४ विकेट लिने क्रममा भुटानका थिन्ले जम्त्सो, सञ्जेभन गुरुङ, जिग्मी सिन्ग्या र रमेश लिम्बुले समान एक—एक विकेट लिएका थिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *